काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन एक हजार ३ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला एक लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार एक हजार ३ सय रुपैयाँले बढेर एक लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लगातार बढिरहेको सुनको मूल्य बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । यसअघि मंसिर १८ गते सोमबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख २१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।