‘ओ हेलो’ मा रोमान्टिक देखिए प्रकृति र सायद (भिडियोसहित)

मनोरञ्जन

काठमाडौं । अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र मोडल सायद श्रेष्ठबीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण ‘ओ हेलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘बाबा फिल्मस प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

अस्ट्रेलियाको मेलबर्नमा छायांकन गरिएको यस भिडियोलाई सायद श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । भिडियो संजय सेन्चुरीको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।

yakshakhabar.com

प्रेमिल शैलीको यस गीतमा गायिका टिका प्रसाई र गायक निरज खतिवडाको सुमधुर स्वर रहेको छ । गीतमा शब्द पुष्प लम्सालको रहेको छ । गायक खतिवडाले संगीतवद्ध गरेको यस गीतलाई रोशन मिश्रले संगीत संयोजन गरेका हुन् ।

भिडियो हेर्नुस् :

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *