काठमाडौं । खोटाङ जिल्लामा सोमबार राति १० बजेर ३२ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खोटाङको कुबिन्डे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प धक्का खोटाङका साथै आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो ।
