काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । दशैंअघि असोज २३ गतेको तुलनामा मंगलबार सुन १४ सय र चाँदी २५ रुपैयाँले बढेको हो ।
दशैंअघि असोज २३ गते प्रतितोला एक लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक हजार ४ सय रुपैयाँले बढेर एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
असोज १८ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेर एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।