आज तेस्रो दिन पनि मान्यजनबाट टीका लगाइँदै

समाचार

काठमाडौं । आज बडादशैं अन्तर्गत टिकाको तेस्रो दिन पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी रहेको छ ।

विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज (सोमबार) तेस्रो दिन पनि दशैंको टीका र जमरा लगाइरहेका छन् ।

कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ भने कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने गरिन्छ ।

yakshakhabar.com

नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेंलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।

मंगलबारदेखि कार्यालय खुल्ने भएका कारण अब भने सर्वसाधारण गाउँबाट शहर फर्किने क्रम सुरु हुन्छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *