कृषिमन्त्री अधिकारी इटाली प्रस्थान

राजनीति

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोम प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको हुन् ।

मञ्चको बैठक सोमबार अर्थात् अक्टोबर १४ देखि १८ तारिखसम्म हुनेछ ।

yakshakhabar.com

नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गरिने जनाइएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *