आजको राशिफल हेर्नुस् !

राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज धार्मिक र सांस्कृतिक कार्यमा मन जानेछ । अरुलाई प्रभावित पारेर काम बन्ने र धनागम हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज गरेको कार्यमा सफलता मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।

yakshakhabar.com

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अधुरो व्यावसायिक काम अगाडि बढ्न सक्छ, तर स्वास्थ्य प्रति सजग रहनुपर्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज घुमफिर र मनोरञ्जन हुनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर क्रोध भाव बढ्नसक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । कार्यमा व्यवधान आइपर्ला र स्वास्थ्य प्रति सजग रहनुपर्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज प्रणयसम्बन्ध कसिलो हुने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दिनको उत्तरार्धमा अनावश्यक खर्च बढ्न सक्छ ।

yakshakhabar.com

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

मकर ( भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि )

आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । धार्मिक यात्रा हुनसक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज शुभ कार्य र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

मन प्रसन्न रहने र स्वादिष्ट परिकारको अवसर जुर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम अनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ ।

हाम्रो पात्रोबाट

yakshakhabar.com
Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *