‘नो हर्न’ अभियानमा कडाई गर्दै ट्राफिक प्रहरी

समाचार

काठमाडौं । उपत्यकामा सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नो हर्न’ अभियानलाई थप कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । ‘नो हर्न’ लाई अभियानकै रुपमा संचालन गरि पर्चा पम्प्लेट बितरण, सचेतना कार्यक्रम संचालन, नो हर्न स्टिकर टाँस लगायत बिबिध कार्यक्रम गरि हर्नको अनावश्यक प्रयोगमा कमी आएको थियो । सुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भए पनि पछिल्ला दिनहरुमा क्रमशः हर्नको प्रयोगमा केहि वृद्धि भए पश्चात कडाईका साथ कारवाहि समेत ट्राफिक प्रहरीले गर्दै आएको छ ।

सवारी साधनले अनावश्यक रुपमा हर्न बजाएर बृद्धि हुने ध्वनी प्रदुषणलाई निरुत्साहित गरि प्रदुषण कम गर्न कडाईका साथ प्रस्तुत हुँदै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिए । जथाभावी हर्न बजाउदा पैदलयात्री बिशेषगरि वालवालिका, जेष्ठ नागरिक तथा बिरामीहरुको स्वास्थ्यमा धेरै असर गर्ने गुनासोहरुलाई समेत ध्यानमा राखी नियमित निग्रानी र कारवाहि गरिँदै आएको डिआजी बोहराले बताए ।

yakshakhabar.com

पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा फेरि सवारी साधनहरुले हर्न बजाउन शुरु गरेका छन् ।
गत आ.व. ०८०र८१ मा अनावश्यक रुपमा हर्नको प्रयोग गर्ने १० हजार १ सय २३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाहि गरेको छ भने यस वर्ष समेत ९ हजार ८ सय ३० सवारी साधनलाई कारबाहि गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *