काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि बुधबार ५१ लाख रूपैयाँ हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघका अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो ।
सो अवसरमा अध्यक्ष डा. केसीले हालैको बाढी, पहिरो र डुबानको खबरले आफूहरु मर्माहत भएको भन्दै संघको तर्फबाट एक करोड बराबरको राहत उपलब्ध गराएको र सो क्रम जारी रहेको बताए । ‘एनआरएन नागरिकता’ पाएपछि आर्थिक तथा सामाजिक काममा प्रयोग गर्न नपर्ने समस्याप्रति अध्यक्ष डा. केसीले ध्यानाकर्षण गराउँदै सम्बन्धित निकायलाई परिपत्र जारी गरे । डा. केसीले बेलायतमा रहेका भूतपूर्व गोर्खाहरुले उठाइरहेको समान पेन्सन र अधिकारको विषयलाई सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । आगामी २७ र २८ अक्टोबरमा ग्लोबल कन्क्लेभ गर्ने योजना छ ।

अध्यक्ष डा केसीले ‘एनआरएन नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको भन्दै सम्बन्धित निकायलाई परिपत्र गरिदिन पनि ध्यानाकर्षण गराए ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले विपद्का समयमा मानवीय सहयोग गरेकामा संघलाई धन्यवाद दिए ।
उनले एक पटकको नेपाली सँधैको नेपाली हुने भएकोले संविधानले दिएको राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार दिन कुनै समस्या नभएपनि दोहोरो नागरिकता समस्याको समाधानका लागि भने गम्भीर छलफल आवश्यक पर्ने उनको भनाइ थियो ।
यस्तै, भूपू गोर्खाको समस्या समाधानका लागि सरकार सचेत रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले संघलाई स्थापना हुनुअघि नै देखेकाले नेपालको समृद्धिमा गैरआवासीय नेपालीको भूमिका देखेको उल्लेख गर्दै संघलाई राजनीतिक आधारमा नभई सबै गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा विकास गर्न सुझाव दिए । ।
