अवैध लागूऔषध ब्राउनसुगर सहित सुर्खेतबाट दुई पक्राउ

समाचार

सुर्खेत । अवैध लागूऔषध ब्राउनसुगर सहित सुर्खेतबाट प्रहरीले दुई जनालाई पक्राउ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–४ बस्ने २५ वर्षीय चेतन शाही र २४ वर्षीय पवन शाही रहेका छन् ।

विरेन्द्रनगर नगरपालिका–४ स्थित अथिति सत्कार होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

yakshakhabar.com

जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *