मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसिपमा दुई खेलाडी

खेल

काठमाडौं । मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैंकफर्टमा हुने प्रतियोगितामा नेपालबाट इजिकेल परियार र निराजन मुक्तान सहभागी हुनेछन् ।

इजिकेलले किक बक्सिङको ७०–७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् भने निराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङफुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने छन् ।

yakshakhabar.com

इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आईसीओ) जर्मनीको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन उनीहरु बुधबार जर्मनी प्रस्थान गर्ने छन् ।

टोलीलाई आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष समेत रहेका नेपाल उमा कुङफु संघका महासचिव भुपेन्द्र गुरुङले आज (मंगलबार) एक कार्यक्रमबीच बिदाइ गरे ।

३ अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसेका गुरुङले तीनवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पनि जितेका छन् । दुवै खेलाडीबाट पदकको आशा गरिएको गुरुङले बताए ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *