काठमाडौंमा आजदेखि मेलम्चीको पानी वितरण

समाचार

काठमाडौं । काठमाडौं उपत्यकामा आज (मंगलबार) देखि मेलम्चीको पानी वितरण गरिएको छ ।

खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरूवात गरेका हुन् ।

सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पानी पठाइएको र ती शाखाहरुबाट वितरण सुरु हुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

yakshakhabar.com

खानेपानीमन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको बार्तामा काठमाडौंमा पानी लैजाने विषयमा सहमति भएपछि मंगलबार मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो ।

वर्षा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *