काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीकाको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
राष्ट्रपति कार्यालयले मंगलबार एक सूचना जारी गरी विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक समय तालिका अनुसार उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई टीकाका लागि असोज २६ गते शनिबार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्मको समय तोकिएको छ ।

त्यस्तै, सर्वसाधारणका लागि भने दिउँसो साढे ३ देखि ५ बजेसम्मका लागि समय तोकिएको छ ।
टिका ग्रहण गर्न जाने व्यक्तिले मर्यादित पोशाक लगाउन र राष्ट्रपतिका कार्यालयको १ नम्बर प्रवेशद्वार प्रयोग गर्न समेत विज्ञप्तिमा आग्रह गरिएको छ ।