काठमाडौं । यस वर्षको चिकित्सा तर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक भिक्टर एमब्रोस र ग्यारी रुभकुनलाई प्रदान गरिने भएको छ ।
माइक्रो आरएनए पत्ता लगाएबापत उनीहरूलाई नोबेल पुरस्कार समितिले चिकित्सातर्फको पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।
उनीहरूले हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अङ्गालोको न्यानोपना महसुस गर्छ भन्ने बारेमा अध्ययन गरेका थिए ।

दुई अमेरिकी वैज्ञानिकले मानव शरीरको प्रत्येक कोषमा समान प्रकारका डीएनएमा भएका आनुवंशिकताबारे अध्ययन गरेका थिए। उनीहरू माइक्रो आरएनए पत्ता लगाउने पहिलो व्यक्ति हुन्। मानव शरीरका कोशिकाहरू आकार र कार्यमा फरक पाइने गरेको उनीहरूले पत्ता लगाएका छन्।
७० वर्षीय एम्ब्रोस युनिभर्सिटी अफ म्यासाचुसेट्स मेडिकल स्कुलका प्राध्यापक हुन् । यस्तै ७२ वर्षीय रुभ्कन हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक हुन् ।