काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुन ५ सय र चाँदी चाहिँ ५ रुपैयाँले घटेको हो ।
आइतबार प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ५ सय रुपैयाँले घटेर एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
