काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । संविधान बमोजिम मंसिर १६ गते हुने भनिएको उपनिर्वाचनका लागि दल दर्ता गराएका हुन् ।
निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएका थिए । कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम ४ बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको आयोगका नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुन लागेको हो ।
