काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन ३ सय रुपैयाँले घटेको हो भने चाँदी चाहिँ ५ रुपैयाँले बढेको हो ।
शुक्रबार प्रतितोला एक लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ३ सय रुपैयाँले घटेर एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य भने आज ५ रुपैयाँले बढेर एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।