श्री युवा साकोसको खूद नाफा २ करोड ३४ लाख

अर्थ

भक्तपुर । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड नगरकोटले २ करोड ३४ लाख ७६ हजार ४ सय ७६ रुपैँया ७१ पैसा खुद नाफा कमाएको छ ।

संस्थाको २६ औं वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष सुजेन्द्र मुनंकर्मीले आर्थिक वर्ष २०८०/०८१ मा १८ करोड ९३ हजार ८ सय ८५ रुपैयाँ खूद आम्दानी गरी १५ करोड ६६ लाख १७ हजार ४ सय ८ रुपैयाँ खर्च गरी २ करोड ३४ लाख ७६ हजार ४ सय ७६ रुपैयाँ २९ पैसा खूद नाफा गरेको जानकारी दिए ।

उनले गत आर्थिक वर्षसम्मको कुल शेयर पुँजी रु. ८ करोड ७५ लाख ५२ हजार ५ सय, जगेडा तथा अन्य कोषहरु रु. ७ करोड ८७ लाख १६ हजार ८ सय, बचत एक अर्ब १५ करोड ४७ लाख १० हजार २ सय ८६ रुपैयाँ ९६ पैसा, सदस्यलाई ऋण लगानी एक अर्ब १० करोड ४४ लाख ३२ हजार १ सय ७७ रुपैयाँ ४३ पैसा, संस्थाको तरलता १९.७२ प्रतिशत रहेको कुरा पनि उल्लेख गरेका थिए । यसैगरी, जग्गा भवन तथा अन्य स्थिर सामानहरु गरी एक करोड ८२ लाख १० हजार ६ सय ४१ रुपैयाँ संस्थाको स्थिर सम्पत्ती रहेको पनि उनले बताए ।

yakshakhabar.com

संस्थाका सचिव जयराम बास्तोलाले चालु आर्थिक वर्ष २०८१/०८२ मा उद्यमशीलता विकास तालिम, वित्तिय साक्षरता, महिला सदस्य उत्प्रेरण, एसईई उत्र्तीण बाल सदस्य सम्मान, जेष्ठ सदस्य सम्मान कार्यक्रम, संस्थाका कर्मचारीको विषगत क्षमता अभिवृद्धि विकासका लागि विभिन्न तालिम संचालन गर्ने, कर्मचारी उत्प्रेरण तालिम, कार्यक्रम, गोष्ठीमा सहभागीता, नेतृत्व विकास तथा क्षमता अभिवृद्धि, सहकारी अध्ययन अवलोकन र सामाजिक क्रियाकलापहरुमा सहभागिता हुने भावी योजना रहेको जानकारी दिए ।

उनले आर्थिक वर्ष २०८०/०८१ मा ३३ जना सदस्यहरुको मृत्यु भएकाका कारण उनीहरुको सदस्यता खारेजी भएको र १२ जना सदस्यहरुको स्वेच्छिक सदस्यता खारेजी भएको जानकारी दिए ।

सचिव बास्तोलाले गत आर्थिक वर्षमा सहकारीमा २२ पटक सञ्चालक समितिको बैठक र ३ पटक लेखा सुपरिवेक्षण समितिको बैठक बसेको जानकारी गराए । त्यस्तै, ऋण लगानी तथा असुली उप–समितिको १७ पटक, महिला उप–समितिको ३ पटक, शिक्षा उप–समितिको ३ पटक र युवा तथा बालिबालिका उपसमितिको दुई पटक बैठक बसेको सचिव बास्तोलाले जानकारी दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश बास्तोलाले सहकारीले स्थापनाकालदेखि समुदायमा आधारित रहि समाजलाई सकारात्मक परिवर्तनको मार्गमा डाेर्‍याएर र संस्थासँग जोडिएका सदस्यहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न योजना बनाएर अगाडि बढिरहेको दाबी गरे ।

आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरण मैत्री विकासको निमित्त समय सापेक्षिक सेवाहरुको विस्तार गर्दै आधुनिक प्रविधिमार्फत सहज, सरल जिवनशैलीको विकास गरी सदस्यहरुको जीवन स्तरमा सकारात्मक परिवर्तनको निमित्त सधैं प्रयत्नशील रहीरहने प्रतिबद्धता व्यक्त गरे ।

yakshakhabar.com

समाज र आफ्ना बचतकर्ताप्रति सधैं वफादार रहेर अघि बढ्दा चाँगुनारायण र भक्तपुरमा मात्र नभएर बागमती प्रदेशमै उत्कृष्ठ बन्न सफल भएको उनले दाबी गरे ।

संस्थाका व्यवस्थापक विनोद लामिछानेले चाँगुनारायण नगरपालिकाको ५, ६, ७ र ८ वडा कार्यक्षेत्र रहेको संस्थामा २०८१ असार मसान्तसम्म ६ हजार १ सय ४१ सदस्य तथा एक हजार ७ सय २६ बाल बचत सदस्य रहेको र २ हजार १ सय ४ जना सदस्यले ऋण उपभोग गरिरहेको जानकारी दिए ।

साधारणसभाको उद्घाटन चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले गरेका हुन् ।

सभामा बोल्दै नगरप्रमुख खत्रीले नगरपालिकामा सुचीकृत सहकारीमा मात्र रकम बचत गर्न आग्रह गरेका छन् । आफ्नो नगरपालिकाबाट स्थानीय सञ्चालक रहेको सहकारीलाई मात्र सुचीकृत गर्ने गरेको जानकारी दिँदै उनले त्यस्ता सहकारीमा मात्र रकम बचत गर्न आग्रह गरेका हुन् ।

नगरप्रमुख खत्रीले नगरबासीको आर्थिक उत्थानमा सहकारीको योगदान अतुलनीय रहेको बताए ।

yakshakhabar.com

वि.सं. २०५६ साल मंसिर ३ गते साविकको नगरकोट गा.वि.स. वडा नं. १, २ र ३ लाई आफ्नो कार्यक्षेत्र बनाई संस्था स्थापना भएको थियो ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *