दिपक बस्नेत र युवराज श्रेष्ठको जोडीलाई उपाधि

खेल

भक्तपुर । चन्द्र–वैभव व्याडमिन्टन क्लव सूर्यविनायक नगरपालिका–८ को आयोजनामा भएको प्रथम जिल्लाव्यापी आमन्त्रित व्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजक टिमका दिपक बस्नेत र युवराज श्रेष्ठको जोडीले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा बस्नेत र श्रेष्ठको जोडीले चुनदेवी व्याडमिन्टन क्लव कटुञ्जेका चक्र थापा र शिवनारायण चौधरीको जोडीलाई १९–२१, २१–१७ र २१–१८ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

त्यसैगरी, चुनदेवी व्याडमिन्टन क्लव कटुञ्जेकै बद्री बस्नेत र बिरेन्द्र विक्रम लामाको जोडी तथा सोही क्लवका अनुप के.सी. र सुरज खत्रीको जोडी तृतीय भए ।

yakshakhabar.com

विजेताले नगद १० हजार, उपविजेताले नगद ५ र तृतीयले नगद ३/३ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

विजेता खेलाडीलाई सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले पुरस्कार वितरण गरेका थिए ।

बिहीबारबाट शुरु भएको प्रतियोगितामा १९ टिमका ३८ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *