बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने श्रीमान श्रीमती पक्राउ

समाचार

काठमाडौं । बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पक्राउ २ जनालाई बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ बस्ने ४१ वर्षीय टंक प्रसाद सुवेदी र रौतहटको चन्द्रपुर नगरपालिका–८ बस्ने ४४ वर्षीया निता गौतम सुवेदी रहेका छन् । उनीहरु श्रीमान श्रीमती रहेका छन् । उनीहरु हाल काठमाडौं महानगरपालिका–३ बसुन्धरामा बस्दै आएका थिए ।

तीन जनालाई वैदेशिक रोजगारका लागि बुल्गेरिया पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी उनीहरुबाट पटकपटक गरी पाँच लाख ४० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेको भन्ने जाहेरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई काठमाडौंको बसुन्धराबाट पक्राउ गरेको हो ।

yakshakhabar.com

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *