एसिया रग्बीका लागि थप ५ राष्ट्र नेपाल आइपुगे

खेल

काठमाडौं । नेपालमा हुने एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ मा सहभागी हुन विदेशी टोली नेपाल आउने क्रम जारी छ । नेपाल रग्बी संघका अनुसार बुधबार थप ५ राष्ट्र नेपाल आइपुगेका छन् ।

पाकिस्तानको पुरुष, भारतको पुरुष÷महिला, इन्डोनेसियाको महिला, काजाकिस्तानको पुरुष र ग्वामको महिला टोली नेपाल आएको नेपाल रग्बी संघका सदस्य नवीन थापाले जनाएका छन् । योसहित नेपाल आइपुग्ने विदेशी टोलीको संख्या ८ पुगेको छ । मंगलबार अफ्गानिस्तान, चाइनिज ताइपेईं र फिलिपिन्स टोली नेपाल आएका थिए ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

yakshakhabar.com
Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *