सन्तोषी भईन् मिसेस नेपाल युनिभर्स

मनोरञ्जन

काठमाडौं । मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन् । लन्डन फेशन हाउसले आयोजना गरेको प्रतिस्पर्धाबाट सन्तोषीले मिसेस नेपालल युनिभर्सको ताज चुमेकी हुन् । अब उनले नेपालको प्रतिनिधित्व गर्दै ४७ औं मिसेस युनिभर्समा भाग लिने भएकी छिन् ।

मिसेस युनिभर्समा आधादशकदेखि नेपालले सहभागिता जनाउँदै आएको छ । यसपटक आफूले नेपालको लागि केही उपाधि ल्याउने तयारीका साथ भाग लिन लागेको पनि सन्तोषीले बताएकी छिन् ।

मिसेस युनिभर्स विवाहित महिलाहरुको सबैभन्दा जेठो सौन्दर्य प्रतियोगिता हो । ४७ वर्षबाट यो प्रतियोगिता हुँदै आएको छ । १८ वर्षदेखि ५५ वर्षसम्मका १४० भन्दा बढी देशका विवाहित महिलाहरुले भाग लिने यो प्रतियोगितामा यसपटक नेपालबाट सन्तोषी कार्कीले प्रतिनिधित्व गर्दैछिन् । अन्तराष्ट्रिय युवा उद्यमी महासंघ बेलायतकी महासचिब समेत रहेकी सन्तोषी विभिन्न संस्थाको नेतृत्वमा रहेको अनुभवले पनि मिसेस युनिभर्समा आफ्नो प्रस्तुतिमा सघाउने कुरामा विश्वस्त छिन् ।

yakshakhabar.com

यो प्रतियोगितामा भाग लिन सन्तोषी दुईदिनपछि दक्षिण कोरिया उड्दैछिन् । लन्डनको एक विश्वविद्यालयमा प्राध्यापनसमेत गर्दै आएकी सन्तोषी मिसेस नेपाल युनिभर्सकै लागि चार दिन अघि नेपाल आएकी हुन् । लन्डनमा रेष्टुरेन्ट व्यबसाय समेत सञ्चालन गर्दै आएकी सन्तोषी ८ वर्षको छोराको आमा पनि हुन्, ‘पारिवारिक जिम्मेवारी निर्वाह गरेर पनि बाहिर गएर केही गर्न सकिन्छ भनेर मैले यो प्रतियोगितामा भाग लिएको हुँ ।’ सन्तोषीले भनिन्, ‘नेपालको बारेमा सो अन्तराष्ट्रिय मञ्चमा धेरै भन्दा धेरै जानकारी गराउने छु ।

विगत डेढ दशकदेखि बेलायतमा बस्दै आएकी सन्तोषी सोलुखुम्बुकी हुन् । काठमाडौं आएर १२ कक्षा उतिर्ण गरेपछि उनी उच्च शिक्षा , सन २०८ को मिस टिन २००७ मा भाग लिएकी उनले र मिष्टर एन्ड मिस टिन कलेज २००८ मा शिर्ष उपाधि जितेकी थिईन् । त्यतिबेलाको अनुभवले पनि यसपटक मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि हाँसिल गर्न सजिलो भएको सन्तोषीले बताएकी छिन् । यसरी कलेजदेखि नै आफू सौन्दर्य प्रतियोगितासँग जोडिएको सन्तोषीले बताएकी छिन् ।

‘सन्तोषीले मिसेस युनिभर्सको लागि आवश्यक सबै प्रशिक्षण यतिबेला कोरियोग्राफर रोजिन शाक्यबाट पुरा गर्नु भएको छ । ३ अक्टोबारबाट दक्षिण कोरियाको साउलमा सुरु हुने यो प्रतियोगितामा भागलिन नेपालबाट सन्तोषी जाँदै हुनुहुन्छ ।’ मिसेस नेपाल युनिभर्सकी आयोजक एवम् लन्डन फेशन हाउसकी अध्यक्ष मनिषा डँगोल श्रेष्ठले बताईन् ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *