काठमाडौं । साताको कारोबारको चौथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा बन्द भएको हो ।
आज ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५४ वटाको बढेको छ भने १८७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यस्तै, ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
फाइनान्सबाहेकका सबै क्षेत्रगत सूचक घटेका छन् ।
