प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

समाचार

काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । राउतको समितिले बुधबार नै सुनुवाइ गरेको हो ।

सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । संवैधानिक परिषद्ले असोज १ गते राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

yakshakhabar.com

उनीविरूद्ध समितिमा ६ वटा उजुरी परेका थिए । समितिले राउतविरूद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *