काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन ८ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ८ सय रुपैयाँले बढेर एक लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर एक हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।