आज पनि घट्यो सुनचाँदीको मूल्य

अर्थ

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन ५ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ५ सय रुपैयाँले घटेर एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले घटेर एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

yakshakhabar.com
Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *