काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुन एक सय र चाँदी ५ रुपैयाँले घटेको हो ।
आइतबार प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार एक सय रुपैयाँले घटेर एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।