काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । उनी सोमबार दिउँसो चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।
गत असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क गएका थिए । उनले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग भेट समेत गरेका थिए ।