निरन्तर उकालो लाग्दै सुनको मूल्य

अर्थ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम आज (शुक्रबार) पनि जारी रहेको छ । लगातार बढिरहेको सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

यसअघि बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ६० हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

बिहीबार प्रतितोला एक लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ५ सय रुपैयाँले बढेर एक लाख ६१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

yakshakhabar.com

यस्तै, चाँदीको मूल्य भने आज पनि स्थिर रहेर एक हजार ९ सय ५५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *