कसरी जोगिने रुघाबाट ? यस्ता छन् ८ उपाय

स्वास्थ्य

नाकबाट पातलो कफ अथवा सिंगान बग्नुलाई चिसो लाग्नु अथवा रुघा लाग्नु भनिन्छ, यसैलाई अंग्रेजीमा ‘कमन कोल्ड’ भनिन्छ । यो हाम्रो श्वास मार्गमा लाग्ने समस्या हो । हामी सबैलाई कुनै न कुनै बेला रुघा लागेको अवश्य छ। यो दुधे पिउने बालकदेखि युवा, वृद्ध सबैलाई लाग्छ ।

सामान्य लाग्ने रुघा दुई सयभन्दा बढी प्रकारका जीवाणु (भाइरस) हुन्छन् । संसारमा सायदै त्यस्तो व्यक्ति होला जसलाई कहिल्यै रुघा नलागेको होस् । घरमा एक जनालाई वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ गर्दा उडेका ससाना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने सम्भावना हुन्छ । त्यसपछि पनि प्रतिरोधात्मक शक्ति कम भएको, थाकेको, नखाएको बेलामा रुघा लाग्ने बढी सम्भावना हुन्छ ।

रुघा लागेको व्यक्ति भएको कोठाका झ्यालढोका लगाएर बस्दा जीवाणुहरू त्यहीँ रहन्छन् र रोग कोठामा बस्ने सबैलाई सर्छ ।

yakshakhabar.com

चिसोले नै रुघा लगाउने भएको भए सबैलाई रुघा लाग्नुपर्ने हो तर सबैलाई नलागी केहीलाई मात्र रुघा लागेको देखिन्छ । त्यसैले रुघा लाग्नुको कारण चिसो मौसम र भाइरस होइन । यसको मुख्य कारण शारीरिक अवस्था र उसमा भएको जीवनीशक्ति जसलाई हामी रोगप्रतिरोधात्मक क्षमता भन्छौं त्यसमा भर पर्छ । जसको रोग प्रतिरोधात्मक क्षमता कम छ र पहिलेदेखि नै शरीरमा मल अर्थात् फोहर जम्मा भएको छ उसलाई रुघाखोकी लगायत अरु रोग लाग्छ ।

यो फोहोर कहाँबाट जम्मा हुन्छ । हामीले खाने खाना कार्बोहाइड्रेट (भात, रोटी, ढिडो) प्रोटिन (माछा, मासु, अन्दा, दुग्ध पदार्थ) कृतिम चिल्लो घिउ, तेल आदि आवश्यकताभन्दा बढी खाएर नपचेर शरीरबाट बाहिर निस्कनु पर्ने फोहर शरीरमै जम्मा हुन्छ । शरीरमा फोहर जम्मा भएपछि त्यसलाई शरीरले बाहिर निकाल्ने प्रयास गर्छ । र नाकबाट सिंगान बग्ने, खोकी लागेर खकार आउने हुन्छ। यसलाई नै रुघा लाग्नु भनिन्छ ।

रुघा लागेको व्यक्तिको सम्पर्कभन्दा टाढा रहने
रुघा लागेका व्यक्तिसँग नजिक वा मुखामुख हुने गरी बस्नुहुँदैन । यदि बस्नु परेमा मुख र नाक छोप्ने किसिमको मास्क लगाउनु ठिक हुन्छ । यसै गरी रुघा संक्रमित व्यक्तिको सरसामान र लत्ता कपडा प्रयोग गर्नुहुँदैन ।

भिटामिन सी भएका खानेकुरा
अमला, कागतीजस्ता भिटामिन ‘सी’ भएका फल र भोजनको प्रयोगले शरीरमा भिटामिन सीको आपूर्ति हुन सक्छ । भिटामिन सी ले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ ।

आराम र पानी
रुघा लाग्नुभन्दा अघि धेरैजना नाक र घाँटीमा के के भएजस्तो, बालुवा रहेको जस्तो, खसखस भएजस्तो हुन्छ भन्ने गर्छन् । यस्तो किसिमको अनुभव हुनेबित्तिकै आराम गरेर पर्याप्त मात्रामा पानी (विशेष गरी कागती हालेर) पिउनुपर्छ । पानीको पर्याप्त प्रयोगले जीवाणुहरू पिसाबबाट चाँडै बाहिर निस्कन्छन् ।

yakshakhabar.com

पानी मात्र पिउन मन नलागे तरकारीको तातो सुप पर्याप्त मात्रामा पिउनुपर्छ । रुघा लाग्दा प्रायः खानामा रुचि घट्ने हुनाले सुपको प्रयोग गर्नाले शरीरलाई चाहिने केही पोषणतत्व पनि प्राप्त गर्नसकिन्छ । यस्तो बेलामा काम छाडेर आराम गर्नु उत्तम हुन्छ । सम्भव भएन भने कमसेकम शारीरिक रुपमा धेरै थाक्ने कामचाहिँ त्याग्नुपर्छ ।

नुनपानीले कुल्ला
घाँटीमा खसखस भएको बेलामा मनतातो पानीमा नुन हालेर गारगल (खकाल्ने) गरेमा दुखाई निकै कम हुन्छ । सम्भव भए दिनमा पाँचछचोटि, त्यो नभए दुखेको र थुक निल्न गाह्रो भएको बेलामा चाहिँ कुल्ला गर्नुपर्छ । यसले घाँटीको दुखाइ र संक्रमण पनि कम गर्छ । घाँटीमा कुल्ला गर्दा अलिकति ज्वानो पानीमा हालेर कुल्ला गर्दा फाइदा गर्छ ।

मह र कागती
घाँटी दुखेको बेला मनतातो पानीमा मह र कागती मिसाएर पिउनाले तीनवटा फाइदा हुन्छन् । शरीरलाई पानीको मात्रा पुग्छ, कागतीले भिटामिन सी दिन्छ । महले केही मात्रामा क्यालोरी दिन्छ र घाँटीको दुखाइ पनि केही कम गर्छ । धेरै जसोले यसमा अदुवाको टुक्रा पनि हाल्छन् । अदुवालाई पानीसँग भिन्नै काँढा बनाएर पनि प्रयोग गर्न सकिन्छ ।

तातो पानीको वाफ
सम्भव भएमा त पुरा जिउ नै तातो पानीको बाफमा राख्न सके वा तातो पानीमा बस्न सके शरीरले आनन्द पाउने मात्र होइन, रुघा लाग्दा सुक्ष्म जीवाणुहरूको विषको कारणले दुखेको मांसपेशीलाई पनि धेरै फाइदा हुन्छ । तर हामीकहाँ यो सुविधा थोरै व्यक्तिमात्र उपयोग गर्न सक्षम छन् । पानी उमालेर कुनै भाँडोमाथि राखी त्यस भाँडोमाथि टाउको राखेर कुनै बाक्लो कपडाले टाउको छोपेर बाफ लिनचाहिँ सकिन्छ । पानीमा कति जनाले बास्ना आउने सञ्चो या टिन्चर बेन्जिन पनि हाल्छन्। यसरी बाफ लिँदा नाकमा बास्ना आई सुँघ्न आनन्द आउने र बाफले नाक खुलेर सास लिन सजिलो हुन्छ । घाँटी दुखेको र अलिअलि छाती दुखेको पनि निको हुन्छ ।

औषधि
रुघा लाग्दा प्रयोग गर्ने खासै औषधि त छैन तर टाउको दुखेको, जिउ दुखेको, ज्वरो आएको कम गर्न सिटामोलजस्ता औषधि प्रयोग गर्न सकिन्छ । यसले आराम पुर्‍याएर राम्ररी सुत्न सकियो भने पनि भोलिपल्ट जिउलाई धेरै आराम हुन्छ ।

yakshakhabar.com

घरेलु ओखती
तुलसीको पात र दानालाई दुईतिन गिलास पानीमा उमालेर आधा गिलास भएपछि निकाली त्यो पानी पिउनाले धेरै फाइदा गर्छ । तुलसीको पात घरैमा पाइन्छ । आजकल त तुलसीको चिया नै पनि बजारमा आउन थालेको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *