सुनको मूल्य हालसम्मकै उच्च

अर्थ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

लगातार बढिरहेको सुनको मूल्य बिहीबार ३ सय रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको हो ।

यसअघि बुधबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ६० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

yakshakhabar.com

बुधबार प्रतितोला एक लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ३ सय रुपैयाँले बढेर एक लाख ६० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर एक हजार ९ सय ५५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *