काठमाडौं । अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययाण्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिने क्रममा प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच मंगलबार भेटवार्ता भएको हो ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।

यसैबीच प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच पनि भेटवार्ता भएको छ । उनीहरूबीच राष्ट्रसंघका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो ।
मंगलबारै यूएसएआईडीका प्रमुख सामन्थ पावरसँग पनि भेटवार्ता भएको थियो ।