कैलालीमा बसले ठक्कर दिँदा एकको मृत्यु

समाचार

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–९ मसुरियामा सोमबार साँझ बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ८४ वर्षीय हर्कबहादुर बम रहेका छन् ।

सुपप्र ०१–००१ क २४६४ नम्बरको बसले ठक्कर दिँदा सडकमा बाटो काट्दै गरेका बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

yakshakhabar.com

प्रहरीका अनुसार उनको सोमबार राति धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बस र चालक गौरीगंगा नगरपालिका–९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *