काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन ८ सय र चाँदी १० रुपैयाँले घटेको हो ।
बुधबार प्रतितोला एक लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ८ सय रुपैयाँले घटेर एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।