टुँडिखेलमा मनाइयो संविधान दिवस

राजनीति

काठमाडौं । संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा बिहीबार बिहान विशेष समारोह आयोजना गरि मनाइएको छ।

सैनिक मञ्चमा सरकारले विशेष समारोह गरी संविधान दिवस मनाएको हो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

yakshakhabar.com

समारोहमा नेपाली सेना र नेपाल प्रहरीले विभिन्न कलाकौशल प्रस्तुत गरेका थिए। सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।

संविधान दिवसकै अवसरमा साँझ राष्ट्रपति पौडेलले शीतल निवासमा एक कार्यक्रम आयोजना गरेका छन् । साथै नारायणहिटी दरबार अगाडिको सडकमा बिहीबार साँझ सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *