नेपालको लगातार दोस्रो हार

खेल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ मा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । क्यानडामा भएको दोस्रो खेलमा ओमानसँग नेपाल एक विकेटले पराजित भएको हो । यसअघि नेपाल घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो ।

२२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।

ओमानका लागि जतिन्द्र सिंहले ४१, प्रतीक अथाभाले र काश्यप प्रजापतीले समान ३६/३६, कप्तान अकिव इलियासले २९, शोइब खानले २६ तथा शकिल अहमेदले अविजित १७ रन बनाए ।

yakshakhabar.com

नेपालका लागि गुलसन झाले पाँच, करण केसीले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ६०, गुलसन झाले ५३, आरिफ शेखले ३५, सोमपाल कामीले २० तथा सन्दीप लामिछाने, भीम सार्की र आरिफ शेखले समान ११/११ रन बनाए ।

ओमानका लागि कलिमुल्लाह, फयाज बट, अकिब इलियासले समान २/२ तथा सकिल अहमद र शोएब खानले समान एक/एक विकेट लिए ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *