काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको सरकारको न्यूनतम साझा कार्यक्रम पारित गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्ने निर्णय भएको बताए ।
यसअघि सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार साँझ हस्तान्तरण गरेको छ ।
सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिपछि बनेको सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ ।
न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलमा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत थिए ।
सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धतामा के छ ? हेर्नुस् पूर्णपाठ :