प्रधान सेनापति र श्रीलंकाका राजदूतबीच भेटवार्ता

समाचार

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पाथिरनाबीच बुधबार शिष्टाचार भेट भएको छ ।

जंगी अड्डास्थित प्रधान सेनापति सिग्देलको कार्यकक्षमा राजदूत पाथिरनाबीच भेट भएको हो ।

भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको उक्त निर्देशनालयले जारी गरेको विज्ञप्तिका जनाइएको छ ।

yakshakhabar.com
Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *