६ सयले घट्यो सुनको मूल्य

अर्थ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन ६ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला एक लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ६ सय रुपैयाँले घटेर एक लाख ५६ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ५७ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

yakshakhabar.com

यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेर एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *