परराष्ट्रमन्त्री डा. राणा क्यानडा प्रस्थान

राजनीति

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार साँझ क्यानाडा प्रस्थान गरेकी छन् । क्यानाडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

क्यानाडा र जमैकाले आयोजना गरेको सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम छ ।

सो सम्मेलनमा परराष्ट्रमन्त्री डा. राणाले राजनीति, नेतृत्व र शासन सत्तालगायतका सार्वजनिक पदहरूमा महिलाको उपस्थिति र चुनौती विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

yakshakhabar.com

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले उनलाइ विदाइ गरेका छन् ।

सो बैठकपछि मन्त्री डा. राणा संयुक्त राज्य अमेरिका जानेछिन् । उनी अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछिन् । सो महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदैछ ।

अमेरिकापछि मन्त्री डा. राणाले कतारको दोहा भ्रमणमा गर्नेछिन् । उनी दोहामा आगामी अक्टोबर २ र ३ मा आयोजित एसिया कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुने छिन् ।

सो सम्मेलनलाई सम्बोधन गरेर मन्त्री डा. राणा आगामी अक्टोबर ४ मा स्वदेश फर्किने कार्यक्रम छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *