आज नेपाल र क्यानडा भिड्दै

खेल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ ।

नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ ।

त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ ।

yakshakhabar.com

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले ओमानसँग असोज २ गते खेल्ने छ । तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र असोज ८ गते ओमानविरुद्ध चौथो तथा अन्तिम खेल खेल्ने छ । सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टी–ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।

त्यसपछि लिग टु को अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *