आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा

समाचार

काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म जयन्तीको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने जानकारी गराएको हो ।

‘मिति २०८०।१०।२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मोहम्मद जयन्ती (मोहम्मद दिवस) का दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था भएको सन्दर्भमा मुस्लिम आयोगबाट मोहम्मद जयन्ती (मोहम्मद दिवस) मिति २०८१।५।३१ गते सोमबार पर्ने भएको भनी जानकारी प्राप्त भएको हुँदा मिति २०८१।५।३१ गते नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ सूचनामा भनिएको छ ।

yakshakhabar.com
Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *