काठमाडौं । सरकारले संघीय संसद्को वर्षे अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भोलि सोमबार राति १२ बाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी सिफारिस गरेको हो ।
संसद अधिवेशनको आह्वान र अन्त्य मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
यो वर्षे अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो । सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।