प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

समाचार

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

जंगी अड्‌डामा बुधबार आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति सिग्देलले ४८ जना नव–नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सैनिक प्राड सेवा, विविध सेवा अन्तर्गत लेखा र प्राविधिक सेवामा रिक्त रहेका अधिकृत पदहरुमा खुल्ला तथा समावेशी र आन्तरिक प्रतिस्पर्धाबाट छनौट भएका प्राड उपसेनानी ३ जना, लेखा उपसेनानी ७ जना र प्राविधिक उपसेनानी ३८ जनाले दर्ज्यानी चिन्ह पाएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

yakshakhabar.com

कार्यक्रममा प्रधानसेनापतिले नव नियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरे ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *