संवैधानिक परिषद्को बैठक स्थगित

राजनीति

काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । नयाँ प्रधानन्यायाधीश सिफारिसको एजेण्डाबारे छलफल गर्न बुधबार बेलुकी बोलाइएको संवैधानिक परिषदको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।

उपसभामुखलाई हटाउने विषयमा सत्ता र प्रतिपक्षी दलबीच बढ्दो विवादका कारण उत्पन्न असहज स्थितिका कारण बैठक स्थगित भएको बताइएको छ ।

न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषदमा पठाएको थियो । हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट अवकाश पाउँदै छन् ।

yakshakhabar.com

संविधानमा बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था भएपनि हालसम्म सिफारिस हुन सकेको छैन ।

न्यायाधीश प्रकाशमान सिंह राउत सर्वोच्च अदालतमा बरिष्ठतम न्यायाधीश छन् । अहिलेसम्म संवैधानिक परिषदले सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गरिरहेको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *