माओवादीले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक आइतबारसम्म स्थगित

राजनीति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को अवरोध पछि प्रतिनिधि सभाको बैठक आइतबारसम्म स्थगित भएको छ ।

बुधबार बसेको बैठकमा सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएको भन्दै माओवादीले संसद अवरुद्ध गरेको हो ।

सभामुखले यस विषयमा वादविवाद नगरौं भन्दै बोल्न नदिएपछि माओवादी सांसदहरु सिटबाट उठेर संसद अवरोध गरेका हुन् ।

yakshakhabar.com

सभामुखले बैठक सञ्चालनमा लागि सहयोग गर्न पटक पटक आग्रह गरेपनि यसबारे संसदमा बहस हुनुपर्ने माओवादीको अडान रह्यो । त्यसपछि सभामुखले अर्को बैठक आइतबार बस्ने जानकारी गराउँदै आजको बैठक स्थगित भएको घोषणा गरे ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *