काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनोटमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई हराएको छ ।
मंगलबार राति भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २–१ ले हराएको हो । कोपा अमेरिकाको फाइनलपछि चोटका कारण मैदानबाहिर रहेका लियोनल मेसीलाई अर्जेन्टिनाले गुमाएको थियो।
खेलको २५ औं मिनेटमा यार्सन मस्जिद्राले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ४८ औं मिनेटमा निको गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा ल्याए । त्यसपछि ६० औं मिनेटमा जेम्स रोड्रिग्वेजले पेनाल्टीमार्फत गोल गर्दै कोलम्बियालाई जित दिलाए ।

हारसँगै पनि अर्जेन्टिना १८ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा छ । कोलम्बिया १६ अंकका साथ दोस्रो स्थानमा छ ।
यसैगरी मंगलबार रातिका अन्य खेलमा इक्वेडरले पेरुलाई १–० र बोलिभियाले चिलीलाई २–१ ले हराएको छ भने भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेलेका छन् ।