काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार एक सय रुपैयाँले बढेपछि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
बुधबार प्रतितोला एक लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार एक सयले बढेर एक लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार एक लाख ५३ हजार १ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो ।

यस्तै, चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँ घटेर एक हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।