आइसीसीको अध्यक्षमा शाह निर्विरोध निर्वाचित

खेल

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ अध्यक्षमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाह निर्विरोध निर्वाचित भएका छन् ।

वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालमा नबस्ने निर्णय गरेपछि अध्यक्ष पदका लागि शाह एक मात्र उम्मेदवार थिए । शाहले डिसेम्बर १ देखि अध्यक्षको कार्यकाल सुरु गर्ने छन् ।

आइसिसीको अध्यक्ष बन्ने शाह पाँचौं भारतीय नागरिक हुन् । यसअघि जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहर आइसिसीको अध्यक्ष बनेका थिए ।

yakshakhabar.com

३५ वर्षीय शाह आइसिसीको अध्यक्ष हुने सबैभन्दा कान्छा व्यक्ति हुन् ।

शाह सन् २०२१ देखि २०२४ सम्म एसियाली क्रिकेट परिषद्को अध्यक्ष पनि थिए ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *