काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ । सोमबारको तुलनामा मंगलबार चाँदी १० रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला एक लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर एक हजार ८ सय ५० रुपैयाँमा कारोबार भइ रहेको महासंघले जनाएको छ ।